जापानले १० अर्ब ४७ करोड ऋण सहायता उपलब्ध गराउने

0
Shares


जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।

ऋण सहायता सम्बन्धी सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

जापान सरकारले नेपालको आर्थिक वृद्धि र पुनउत्र्थानका लागि उक्त ऋण प्रदान गर्न लागेको हो । जापानी दूतावासले विज्ञप्ति जारी गर्दै कोभिड १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेको छ ।

जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले उल्लेख गरेको छ ।

गत २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपा सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  १७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।