भीभीआईपी चढ्ने डेढ अर्बको सेनाको हेलिकप्टर काठमाडौं आइपुग्यो

0
Shares

सरकारले अति विशिष्ट व्यक्ति (भिभिआइपी) का लागि भन्दै किनेकोे नयाँ हेलिकप्टर काठमाडौं ल्याएको छ। उक्त हेलिकप्टर आज अपराह्न साढे ३ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।

डेढ अर्ब बढीमा किनेको हेलिकोप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ। नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको उक्त हेलिकोप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा ९एन–आरएम कलसाइनमा दर्ता भएको छ ।

१५ सीट क्षमता रहेको यो ट्विन इन्जिन हेलिकोप्टर विश्वभर भिआइपी, कर्पोरेट, फायर फाइटिङ, उद्धार लगायत प्रयोजनमा प्रयोग हुँदै आएको छ।