फक्सवागनलाई पछि पार्दै टोयोटा बन्यो विश्वकै शीर्ष कार बिक्रेता

0
Shares


विश्वव्यापी रुपमा सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा जापानी कम्पनी टोयोटाले शीर्ष स्थान हासिल गरेको छ। आफ्नो प्रतिद्धन्दी जर्मन अटोमेकर कम्पनी फक्सवागनलाई पछि पार्दै टोयोटा कार बिक्रेताको शीर्ष स्थानमा पुगेको हो।

गत वर्षको तुलनामा १०.१ प्रतिशतले आफ्नो बिक्री बढाउन सफल भएको टोयोटा लगातार दुई वर्षकै उच्च कार बिक्रेता बनेको छ।

सन् २०२१ मा टोयोटाले कुल १ करोड ५ लाख कारहरु बिक्री गर्न सफल भएको छ भने भल्सवागनले ८९ लाख कारहरु मात्रै बिक्री गरेको छ। फक्सवागनको उक्त बिक्री सङ्ख्या १० वर्ष यताकै न्युन हो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण माग र आपूर्ति बीचमा उत्पन्न भएको अवरोध, चीपको अभाव, अटोमोबाइल बजारमा विकास हुँदै गएका नयाँ कम्पनीहरुबीचको प्रतिस्पर्धा र उपभोत्ताहरुको रोजाइमा आएको परिवर्तनका कारण अटोमेकर कम्पनीहरुले उपभोत्तामा स्थायी प्रभुत्व कायम गर्न सकिरहेका छैनन्। तथापि युरोपियन देशहरुका अटोमेकर कम्पनीहरुको तुलनामा जापानी कम्पनीहरु महामारीले सिर्जना गरेका समस्याहरुबाट छिटो बाहिर आइरहेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।