एलआईसी नेपालले तोक्यो साधारण सभा र लाभांशका लागि बुकक्लोज मिति

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेड (LICN) ले १९ औं वार्षिक साधारण सभा र बुकक्लोज मिति तय गरेको छ ।

कम्पनीले फागुन ११ गते आह्वान गरेको १९ औं वार्षिक साधारण सभाका लागि कम्पनीले फागुन ११ गते बिहान ११ः१५ बजे एलआईसी शिक्षालय हल नक्साल काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा बोलाएको छ ।

यसअघि चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने बोनस सेयर र सो को कर प्रयोजनका लागि १.०५३ नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले अनुमोदनका लागि सभा डाकेको हो । साधारण सभाको उक्त सूचना कम्पनीले आइतबार सार्वजनिक गरेको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनी सञ्चालक समितिको बैठकको निर्णय बमोजिम माघ २४ गते साेमबारदेखि फागुन ११ गतेसम्म बुकक्लोज गरिने भएको छ । यसअनुसार माघ २३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहन आउने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन प्राप्त गर्न सक्नेछन् ।

साथै सभाले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक सेयररलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र त्यस अनुसार प्रबन्धपत्र तथा नियमावलीमा पनि आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ । यस्तै कम्पनीको हालको अधिकृत पूँजी तथा, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले लाभांशका अतिरिक्त लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, आव २०७८।८९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी दिने लगायतको प्रस्तावहरु उपर छलफल गरि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।