नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्।।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबारसम्म १७ जनाले आवेदन दिएका हुन्। ।
मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन्। । त्यस्तै, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएका छन्। ।
मन्त्रालयका अनुसार आवेदन गरेका उम्मेदवारहरुको छनोट समितिले कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ता लिनेछ। अन्तर्वार्ता र कार्यप्रस्तुतिकरणबाट धेरै अंक ल्याउने तीन जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ। तीन जना मध्येबाट मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया