जेठ ५ अगावै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी जेठ ५अगावै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा देउवाले संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

भेटमा उनले ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको बताएका थिए । भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनाव लड्ने तयारी रहेको समेत बताएका थिए ।

ऐन बमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदैछ ।

अर्कोतर्फ निर्वाचन आयोगले पनि आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकार समक्ष प्रस्ताव गर्ने भएको छ । आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्न लागेको हो ।

छलफलमा आयोगले ऐन कानुन एवं तिथि मितिको विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्नेछ । निर्वाचन आयोगले एकै चरण वा दुई चरणको मिति प्रस्ताव गर्न सक्छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुपर्ने भन्दै आयोगले तत्काल मिति घोषणा गर्न आयोगको सरकारसँग माग थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।