शिखर इन्स्योरेन्सको हकप्रद भर्ने कि सेयर बेच्ने, निर्णय गर्ने आज अन्तिम दिन

0
Shares

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) को हकप्रद सेयर भर्ने कि सेयर बेच्ने भन्ने विषयमा निर्णय गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ ।

यसअनुसार माघ २० गते अर्थात आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

यसअनुसार हकप्रद सेयरमा आवेदन गर्न बिहीबारसम्म सेयरधनी बन्नैपर्ने देखिएको छ ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्सको हकप्रदले ‘इक्रा एनपी आइआर सिङ्गल ए’ क्रेडिट रेटिङ्ग पाएको छ । क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग प्रदान गरेको हो ।

शिखरको २०७७ माघ ९ गते सम्पन्न पन्ध्रौं तथा सोह्रौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्स कम्पनीले २०७८ जेठ २५ गते बोर्डसँग चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको थियो ।

हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७८, बिहिबार  ०९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।