चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित १ जना पक्राउ

0
Shares

चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित प्रहरीले १ जनालाई दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट पक्राउ गरेका छन् । काठमाडौँ न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई पक्राउ गरेको छ ।

वीरगञ्‍जबाट काठमाडौँ आउँदै गरेको ना. १ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारेको हो ।

उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।