कामना सेवा विकास बैंकद्वारा “कामना सेवा कस्टुमर डे” सम्पन्न

0
Shares

कामना सेवा विकास बैंकले एक कार्यक्रम गर्दै “कामना सेवा कस्टुमर डे” सम्पन्न गरिएको छ । ’के एस बि बि एल कार्ड’ फेबरुअरी ९-२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनलाई वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम “कामना सेवा कस्टुमर डे“ कार्यक्रम सम्पन्न गरेको हो । 

बैंकले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई धन्यवाद दिदै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेकोमा सम्पूर्ण ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।