सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा सल्ली बजारमा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा विस्तार गरेको छ । बैंकले सल्यानको सल्ली बजार वनगाड कुपिण्डे नगरपालिका वडा नं.१ सल्यानमा नयाँ शाखा संचालन गरेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई बाक्लो र थप दरिलो बनाउन तिव्र रुपमा लागि परेको छ ।

बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ । यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर श्री गोविन्द कुमार पुनबाट गराइएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको जनाए ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।