आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

0
Shares

आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना ल्याएको छ । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको हो । गुरुजीहरुलाई साहुजी बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ ।

यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिने आइएमई मोटर्सले जनाएको छ । यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउन सकिने छ ।

यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन् । नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ । नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ ।

नयाँ योजना सार्वजनिक गर्ने क्रममा आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले जनाए, ‘यो अफर यातायात/ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर रहेको छ । ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो ।

यो उद्यमीहरुका लागि एकदम सुनौलो अवसर हो । यो योजना सीमित संख्याका सवारी साधनमा मात्र लागू गरिएको समेत सिइओ हेमन्त पुरानिकलले बताए । त्यसैले बेलैमा बुकिङ गरी यसको लाभ लिन पनि अनुरोध गरेका छन् ।

इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । थप जानकारीका लागि फोन नं. ९८०२०५७०७० मा सम्पर्क गर्नु सक्नुहुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।