पूँजीबजारमा सोमबार अन्तिम समयमा ‘हरियो बत्ती’


बैंकहरुले व्याज बढाएसँगै तिब्र गतिमा ओरालो लागेको पूँजी बजार सोमबार भने उतारचढावका बिच बन्द भएको छ । २७ अंकसम्मको वृद्धि देखिएको बजार अन्तिम समयमा ०.०८ अंकले उकालो लागेर बन्द भएको छ । योसँगै बजार परिसुचक नेप्से २७००.९८ अंकमा बसेको छ ।

खुलेको ११ मिनेटमा २७ अंकले उकालो लागेको बजार लगत्तै तल झरेर आइतबार बन्द भएको विन्दुमा पुगेको थियो । त्यस पछि क्रमिक रुपमा उकालो लाग्न खोजे पनि बिक्रीकर्ताको अधिक चापका कारण छिनमा घट्ने र बढ्ने भएको बजार अन्तिममा हरियो बत्ती बालेर बन्द भएको हो ।

सोमबार २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६८ करोड रुपैंयाको कारोबार भएको बजारमा बुद्धभूमी हाइड्रोको शेयर मूल्य धेरै बढेको छ भने सपोर्ट लघुवित्त, नेशनल हाइड्रो, किसान लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स लगायत कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रो, नेपाल टेलिकम, अरुण भ्याली, अपि पावर लगायत कम्पनी शीर्ष स्थानमा रहेको बजारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घट्दा ११ कम्पनीको स्थिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।