के एल टावरमा बिग सेल मेला


के एल टावर मल्टिप्लेक्स प्रा लिले ५० प्रतिशतसम्म छुट योजना सहित बिग सेल मेला सुरु गरेको छ । ४० वटा भन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड रहेको यस मलमा एफ क्यूब सिनेमा, पार्टी प्यालेस लगायत अन्य १० वटा भन्दा बढी कर्पोरेट हाउसहरु छन् ।

सेल योजना फागुन २ गतेदेखि १५ गतेसम्म सञ्चालनमा हुने विज्ञप्तिमा उल्लेख छ । मेला अवधिमा ‘इलि’ ब्राण्डको फोन खरिदमा एउटा किन्दा एउटा सित्तैमा, मलमा रहेका लत्ताकपडा, जुत्ता, घडी, चश्मा लगायत अन्य विविध सामाग्रीहरुमा न्यूनतम २५ देखि ५० प्रतिशतसम्म छुट पाइने मलले जनाएको छ ।

१५ दिनसम्म चल्ने यस योजनामा २ हजारभन्दा बढी किसिमका सामानहरु उपलब्ध हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।