सेयर बाइब्याक र सामुहिक लगानी कोषमा पुँजीगत आय कर नलाग्ने


भारत सरकारले अर्थतन्त्रलाइ थप क्रियासील बनाउका लागि कार्पोरेट ट्याक्स र सेयर बजारसंग जोडिएका केही कर घटाउने भएको छ । पछिल्लो समयमा भारतीय अर्थतन्त्र सुस्त हुन थालेपछि अर्थिक गतिविधि उद्योग कलकारखाना वढाउनका लागि करका दरहरु घटाउने निर्णय गरेको हो ।

केन्द्रीय अर्थमन्त्री निर्मला सितारामनले स्वदेशी उत्पादन मूलक कम्पनी आयकरको दर र सेयर बजारमा वित्तीय औजार रहेको सामुहिक लगानी कोष तथा सर्वसाधारणमा सेयर बिक्री गरेको कम्पनीले सर्वसाधारणवाट पुन सेयर खरिद गर्दा पुँजीगत लाभकर नलाग्ने भएपनि भारतीय सेयर बजारमा समेत उछाल आएको छ ।

भारत आर्थिक क्षेत्रमा मन्दीको संकेत देखिएपछि अर्थमन्त्री सितारामानले आयकर कानून संसोधन गरी करका दर घटाउने घोषणा गरेकी छन् । उनले शुक्रबार घोषणा गरेको परिवर्तित करका दरहरुभने आर्थिक वर्ष सन् २०१९÷२० बाट लागू हुनेछ । तर, यसरी घोषणा गरिएको कर स्वदेशी लगानीका उद्योगी व्यवसायीलेमात्र पाउने छन् । त्यस्तै उत्पादनमुलक उद्योगले थप कर छुट पाउने छन् ।

अर्थमन्त्री सितारामानका अनुसार शतप्रतिशत भारतीय लगानीका उद्योगले २२ प्रतिशतमात्र आयकर तिर्नुपर्ने छ । यसअघि ३० प्रतिशत आयकर तिर्नु पर्ने व्यवस्था थियो । यो कुनै पनि सुविधा तथा छुट नलिएका लागि हुने छ । तर, पनि सरचार्ज जोड्दा कुनै पनि उद्योगले २५.१७ प्रतिशतभन्दा बढी आयकर तिर्नु नपर्ने उनले बताइन ।

त्यस्तै उत्पादनमुलक क्षेत्रमा प्रवेश गर्ने नयाँ उद्योगले १५ प्रतिशतमात्र आयकर तिर्नुपर्ने छ । यसअघि यस्तो कर २५ प्रतिशत थियो । यसमा सरचार्ज जोड्दा धिकतम १७.०१ प्रतिशत हुने छ ।