क्यान इन्फोटेकको २७ औं संस्करणको प्रदर्शनी वैशाख ७ देखि


सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गते बुधवार देखि १२ गते सोमवारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी संपुर्ण तयारी गरिसकिएकोमा कोभिड १९ को लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको थियो ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यू आर) रहेका छन । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी, स्मार्ट क्यू आरको प्लाटिनम प्रायोजन, वल्र्डलिंक कम्युनिकेशन्सस गोल्ड प्रायोजन, नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिजस सिल्भर प्रायोजन, नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने छन् ।

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्यू आरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल एकाडेमिक पार्टनर, दराज केमु इकमर्श पार्टनर, रेबान फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम भर्चुवल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी डीजिटल डीस्प्ले पार्टनर रहेका छन् ।

इन्फोटेक भब्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।