डिशहोमले महेन्द्रनगरमा डिलर दाइहरुलाई गर्यो सम्मान


महेन्द्रनगरमा डिश होम, डिश होम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्री पछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने , महेन्द्रनगरका के।पि। ईन्टरप्राईजेज, महेन्द्रनगरका बेताल मोबाईल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई उपहार र प्रमाण पत्र प्रदान गरेको छ ।

महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन् । कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।