नेप्सेको ओरालो कायमै, बजार पूँजीकरण ३६ खर्बमा सीमित

0
Shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ ।

सेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर २ हजार ५४३.३९ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९० दशमलव १३ मा पुगेको छ ।

कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता सेयर दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्यो भने नो उपसमूहको भने ओरालो लागेको छ ।

बैंकिङ ३.२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अङ्कले उकालो लाग्यो । व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अङ्कले ०.१६ अङ्कले ओरालो लागेको छ ।

आइतबारको कारोबार पछि बजार पूँजीकरण ३६ खर्ब ४ अर्ब २ करोड ३० लाख ३५ हजार १८२ बराबरमा सीमित भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड २२ लाख ८२ हजार बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स १४ करोड २७ लाख ५४ हजार ६०१, अपि पावरक कम्पनी ११ करोड १७ लाख १५ हजार ८१६, हिमालयन डिस्टिलरी ८ करोड ३६ लाख तीन हजार १८७ र नेपाल दूरसञ्चार कम्पनी ८ करोड ३१ लाख ९३ हजार ७२२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।


नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत् कम्पनी ७.८०, सामलिङ पावर कम्पनी ४.४८, नेपाल ल्यूब आयल ३.९९, न्यादी हाइड्रोपावर २.७४ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् ।

यस्तै, शिवम् सिमेन्ट ७.११, रिलायन्स लाइफ इन्स्योरेन्स ५.७७, प्रुडेन्सियल इन्स्योरेन्स ४.०५, युनिभर्सल पावर कम्पनी ३.८१ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।