वाणिज्य बैंकहरुको एक महिनाको नाफा ६ अर्ब , माघसम्म ९ बैंकको घट्यो

0
Shares

चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंकहरुले ६ अर्ब ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । पुसमसान्तसम्मको बैंकहरुले कुल ३४ अर्ब २० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेका थिए । पछिल्लो एक महिनामा बैंकहरुको नाफा ६ अर्ब ४ करोड १६ लाख (१७.६६ प्रतिशत) रुपैयाँले बढेको हो ।

चालु आवको ७ महिना अवधि (साउनदेखि माघसम्म) मा कुल ४० अर्ब २४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरुको नाफामा माघको हिस्सा १५ प्रतिशत रहेको छ । बैंकहरुले चालु आवमा वितेका ७ महिनामा कै हाराहारीमा माघमा पनि नाफा आर्जन गरेका हुन् ।

प्राइम कमर्सियल बैंकले माघ महिनामा सबैभन्दा धेरै नाफा गरेको छ भने सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । प्राइमले ४८ करोड ३९ लाख नाफा कमाउँदा कृषि विकास बैंकले माघ महिनामा ६ अर्ब ९३ करोड रुपैयाँ मात्र नाफा गरेको छ ।

एनआईसी एशियाले दोस्रो ठूलो नाफा आर्जन गर्दै माघमा ४५ करोड ७३ लाख नाफा कमाउँदा नबिल बैंक ४३ करोड ८७ लाख, ग्लोबल आईएमई ३६ करोड ७३ लाख र राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ४३ लाख नाफा कमाएको छ ।

यस अवधिमा हिमालयन, नेपाल, कुमारी, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, सिद्धार्थ, र एनसीसी बैंकले २० करोडभन्दा बढी ३० करोडभन्दा कम नाफा कमाएका छन् । थप १२ बैंकहरुको नाफा दश करोडभन्दा बढी बीस करोडभन्दा कम छ । सेञ्चुरी, मेगा र कृषि विकास बैंकको नाफा दश करोडभन्दा कम रहेको छ ।

Commercial Banks Profit in Million
Symbol Profit Till Magh  2078 Profit Till Poush 2078 Magh Only
Prime 2162.53 1678.59 483.94
NIC 2859.38 2402.07 457.31
NABIL 2620.11 2181.42 438.69
Global 3030.68 2663.38 367.29
RBB 2282.98 1919.51 363.48
HBL 1026.10 743.45 282.65
NBL 1684.13 1417.06 267.07
Kumari 1215.18 951.74 263.44
NIBL 1886.29 1624.32 261.97
NMB 1945.79 1711.52 234.27
SBL 1797.91 1577.31 220.60
NCC 1101.76 900.54 201.21
Sunrise 944.02 745.54 198.48
Prabhu 1455.20 1262.01 193.19
BOK 899.19 719.32 179.87
Citizen 1414.88 1239.35 175.53
NSBI 956.52 782.78 173.73
Sanima 1244.79 1077.07 167.73
EBL 1001.71 838.92 162.79
SCBNL 1244.56 1086.77 157.79
MBL 1159.50 1010.83 148.67
Laxmi 954.95 817.40 137.55
NBBL 942.08 806.42 135.66
CBL 617.68 504.00 113.68
Century 822.08 722.16 99.91
Mega 1485.77 1399.91 85.86
ADBNL 1491.82 1422.51 69.31
Total 40247.59 34205.91 6041.68

 

चालु आवको ७ महिनामा ४० अर्ब बढी नाफा आर्जन, ९ बैंकको नाफा भने घट्यो

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अनुसार वाणिज्य बैंकहरुले कुल ४० अर्ब २४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । पुसमसान्तसम्मको बैंकहरुले कुल ३४ अर्ब २० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेका थिए । पछिल्लो एक महिनामा बैंकहरुको नाफा ६ अर्ब ४ करोड १६ लाख (१७.६६ प्रतिशत) रुपैयाँले बढेको हो ।

गत आवको माघ मसान्तको तुलनामा भने बैंकहरुको नाफा करिब १२ प्रतिशतले वृद्धि भएको छ । २०७७ माघ मसान्तसम्मको वाणिज्य बैंकहरुले ३५ अर्ब ९५ करोड ५६ लाख नाफा कमाएका थिए । समीक्षा अवधिमा बैंकहरुको नाफा ११.९३ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयरमा गरेको लगानीमा कडाई गरेको छ । वित्तीय प्रणालीमा चालु आवको सुरुवात देखिनै बैंकहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या देखियो । सो समस्या हालसम्ममा पनि कायम नै छ । तरलता समस्या तथा नेपाल राष्ट्र बैंकका कारण बैंकहरुको धेरै नाफा गर्न आम्दानी धेरै हुने क्षेत्र गैर–बैंकिङ क्षेत्रको आम्दानी खुम्चेको अवस्था छ ।

त्यति मात्र चालु आवको दोस्रो त्रैमासको अन्त्यतिर आयातमा समेत केही कडाइको नीति लियो । सरकारले आयातमा कडाई गरेसंगै बैंकहरुको रिटेल कर्जामा प्रवाहमा समेत असर गर्यो । केन्द्रीय बैंकले पुँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टा कर्जा तथा निक्षेप अनुपात लाूु गर्यो । त्यसमा पनि ९० प्रतिशतको सीमा तोक्यो । यसको असर चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको छ । यद्यपी यस्तो अवस्थामा पनि बैंकहरुको १२ प्रतिशतको नाफा वृद्धि हुनु लगानीकर्ताका लागि पनि सुखद पक्ष हो ।

गत आवको माघको तुलनामा चालु आवको यसै अवधिमा बैंकहरुको कमाउको नाफालाई हेर्दा ९ वाणिज्य बैंंकको नाफा घटेको छ । कुमारी, प्रभु, सनराइन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, सानिमा, कृषि, मेगा र एनएमबि बैंकको नाफा घटेको हो ।

यस अवधिमा १८ बैंकको नाफा बढेको छ । सिभिल बैंकले सबैभन्दा धेरै ११८ प्रतिशतले नाफा बढाउँदा अन्य चार बैंकहरु एनआईसी एशिया, एनसीसी, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टड बैंकको नाफा ५० प्रतिशतले बढेको हो । सबैभन्दा कम नाफा बढेको प्राइम कमर्सियल बैंकले १.९४ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

Commercial Banks Profit in Million
Symbol Profit Magh 2078 Profit Magh 2077 Change %
Global 3030.68 2703.43 12.10
NIC 2859.38 1846.80 54.83
NABIL 2620.11 2384.22 9.89
RBB 2282.98 1978.58 15.38
Prime 2162.53 2121.43 1.94
NMB 1945.79 1965.82 -1.02
NIBL 1886.29 2120.66 -11.05
SBL 1797.91 1275.27 40.98
NBL 1684.13 1584.06 6.32
ADBNL 1491.82 1520.30 -1.87
Mega 1485.77 1502.40 -1.11
Prabhu 1455.20 1709.35 -14.87
Citizen 1414.88 986.24 43.46
Sanima 1244.79 1275.79 -2.43
SCBNL 1244.56 821.84 51.44
Kumari 1215.18 1488.77 -18.38
MBL 1159.50 890.39 30.22
NCC 1101.76 720.58 52.90
HBL 1026.10 741.54 38.37
EBL 1001.71 1138.29 -12.00
NSBI 956.52 628.81 52.12
Laxmi 954.95 897.50 6.40
Sunrise 944.02 1097.97 -14.02
NBBL 942.08 867.42 8.61
BOK 899.19 822.18 9.37
Century 822.08 583.07 40.99
CBL 617.68 282.97 118.29
Total 40247.59 35955.68 11.94

 

पाँच बैंकको नाफा २ अर्ब माथि, ग्लोबल पहिलो नम्बरमा

२०७८ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार पाँच वाणिज्य बैंकले २ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा आर्जन गरेको ग्लोबल आइएमई बैंकले ३ अर्ब ३ करोड ६ लाख बढी नाफा कमाएको छ । गत आवको माघको तुलनामा बैंकको नाफा १२.१० प्रतिशतले बढेको हो । गत आवको माघसम्म बैंकले २ अर्ब ७० करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै एनआईसी एशिया बैंकले २ अर्ब ८५ करोड ९३ लाख, नबिल बैंक २ अर्ब ६२ करोड १ लाख नाफा कमाउँदा सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक नाफाको आधारमा चौथो स्थानमा रहेको छ । बैंकले २ अर्ब २८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै प्राइम कमर्सियल बैंकले २ अर्ब २५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ र नेपाल बैंक गरी चारले दुई अर्बभन्दा कम साढे १ अर्बमाथि नाफा कमाउँदा थप ११ बैंकले अर्बमाथि नाफा आर्जन गरेका छन् । कृषि, मेगा, प्रभु, सिटिजन्स, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, माछापुच्छ्रे, एनसीसी, हिमालयन र एभरेष्ट बैंकको नाफा एक अर्बभन्दा धेरै छ ।

नेपाल एसबिआई, लक्ष्मी, सनराइज, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू, सेञ्चुरी र सिभिल बैंक गरी ७ बैंकको खुद नाफा ६० करोडभन्दा धेरै एक अर्बभन्दा कम रहेको छ ।

९ बैंकको नाफा घट्यो, कुमारीको सर्वाधिक

चालु आवको ७ महिना अर्थात माघसम्ममा सञ्चालनमा रहेका २७ मध्ये ९ बैंकको नाफा घट्दा कुमारी बैंकको सर्वाधिक घटेको छ । यसरी नाफा घट्ने बैंकको शीर्ष स्थानमा कुमारी बैंकको नाफा २०७७ माघको तुलनामा १८.३८ प्रतिशतले घटेको छ ।

यस्तै समीक्षा अवधिमा प्रभु र सनराइज बैंकको नाफा पनि १४ प्रतिशतभन्दा अधिक घटेको छ । एभरेष्ट बैंकको १२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ११ प्रतिशत, सानिमा साढे २ प्रतिशत तथा कृषि विकास, मेगा र एनएमबि बैंकको नाफा पनि १ प्रतिशत बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।