.jpg)
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पहिलो पटक चुक्ता पूँजकिो २० प्रतिशत बोनस सेयर सहित कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनकिो फागुन ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयबाट स्वकिृत भएपछि वितरण गर्नेगरी कम्पनकिो मुनाफाबाट प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ता अनुपातमा बोनस तथा बोनसमा लाग्ने कर सहित प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत २४ गते, चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे सभा बोलाइएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार चैत १० गते बिहबिारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया