एक महिनामा धितोपत्र बजारमा थपियो साढे २३ अर्बको शेयर

0
Shares

चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा २० अर्ब ६४ करोड बराबरको साधारण शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ । यस्तै २ अर्ब ६७ करोड बराबरको बोनस शेयर तथा १५ करोड बराबरको डिबेन्चर सूचीकृत भएको छ ।  

उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले एक अर्ब बराबरको डिबेन्चर निस्कासनको अनुमति प्रदान गरेको छ ।

यस अवधिमसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचीकृत कम्पनीहरूको संख्या २१७ छ । एक बर्षको अवधिमा नेप्सेमा २१ वटा नयाँ कम्पनी थपिएका छन् । अघिल्लो साउनमा सूचीकृत कम्पनीहरुको संख्या १९६ थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ वटा जलविद्युत्कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समुहका कम्पनीहरु रहेका छन्।

साउन महिनासम्मको तथ्यांकको आधारमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको धितोपत्र बजार पूँजीकरणमा ७७.९ प्रतिशत हिस्सा रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीहरुको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.१ प्रतिशत, होटलको १.७ प्रतिशत र व्यापारिक संस्थाको ०.१ प्रतिशत तथा अन्य समुहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।