
चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएको छ ।
उक्त सङ्घलगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याज वृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।
सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरिहपन देखिएको, कूल निक्षेपको १८ खर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नाका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो ।
सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने सङ्घका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । अर्का व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि पनि राम्रो अवस्था नरहेको बताए ।
व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेका हुन् । राष्ट्र बैंकलाई सुझाव सहित दिएतापनि अहिलेसम्म पनि त्यस प्रति कही कतैबाट कुनै सकारात्मक संकेत नदेखिनु सरकारको लाचारीपन भएको संघको बुझाई छ ।
मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायी सहित सोमबार जिल्ला प्रशासन कार्यालय, मोरंगको प्रांगणमा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार तिम्सीना मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया