बैंकहरुको आधारदर घट्दो क्रममा, कर्जाको ब्याजदर पनि घट्दै

0
Shares

चालु आर्थिक बर्षको पहिलो महिनामा गत बर्षको यसै अवधिको तुलनामा बैंकहरुको औसत आधारदर र कर्जाको भारित औसत ब्याजदर घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर (वेसरेट) मा कमी आएपछि बैंकहरुले दिने कर्जाको ब्याजदर समेत घटेको हो । 

चालु आर्थिक बर्षको साउनसम्ममा बैंकहरुको आधार दर घटेर ९.४५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको साउनमा आधार दर १०.१२ प्रतिशत थियो ।

बैंकहरुको आधारदर घटेपछि कर्जाको ब्याजदरमा समेत कमि आएको छ । ०७६ साउनमा कर्जाको भारित औसत ब्याजदर कम भएर १२.०८ प्रतिशत छ । ०७५ साउनमा कर्जाको औसत ब्याजदर १२.४७ प्रतिशत थियो ।

यस्तै अघिल्लो साउनको तुलनामा गत साउनमा ट्रेजरी बिल्सको औसत ब्याजद दर ३.३४ प्रतिशतबाट ०.२१ प्रतिशत झरेको छ भने वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर १.८८ प्रतिशत घटेर १.१९ प्रतिशत कायम भएको छ ।

नयाँ आर्थिक बर्षको पहिलो महिनामा बैंकहरुको निक्षेप घटेको छ भने कर्जा प्रवाह बढेको छ । समिक्षा अवधिमा बैकहरुको निक्षेप परिचालन ०.४ प्रतिशतले घट्दा कर्जा प्रवाह ०.५ प्रतिशतले बढेको छ ।