बिओके डिबेन्चरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले बिओके डिबेन्चर २०८६ (क) ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड रकम बराबरको ऋणपत्र जारी गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।