चीनको साङ्घाइमा लकडाउन हुँदा घट्यो कच्चा तेलको मूल्य

0
Shares

चीनले कोभिड–१९ परिक्षणको लागि नौ दिन लकडाउन गर्ने भनेपछि अन्तराष्ट्रिय बजारमा माग कम हुँदा कच्चा तेलको मूल्य घटेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल ४ डलरले घटेको छ ।

चीनमा कोेभिड–१९ संक्रमण फैलिँदै गएपछि सांङ्घाइ लगायतका सहरमा कोभिड–१९ परिक्षण गर्न सरकारले नौ दिन लामो लकडाउन घोषणा गरेको छ ।

चीन कच्चा तेलको उपभोग तथा खरिद बिक्री गर्ने संसारका ठूला राष्ट्रहरु मध्यको दोस्रो स्थानमा रहेको छ । देश लकडाउनमा गएपछि पेट्रोलियम पदार्थको माग पनि घटेको छ । जसकारण अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

अन्तराष्ट्रिय तेल खरिदकर्ता बे्रन्ट क्रुडले ११६ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ । यसअघि क्रुडले ११९.८८ डलर प्रति ब्यारलमा कारोबार गरेको थियो ।
त्यसैगरी अमेरिकी तेल खरिद तथा बिक्रीकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटी आइ) ले १०९.३० डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यस अघि डब्लुटी आइले ११३ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको थियो ।

हाउथी समूहले साउदीमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको आपूर्तिमा समस्या आउने अनुमान गरेपनि चीन लकडाउनमा जानुले कच्चा तेलको मूल्यमा केही दिन स्थिरता आउने फुजिटोमि सेक्युरिटिजका मुख्य विश्लेषकले कजुहिको साइतोले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।