फर्पिङ जलविद्युत आयोजनालाई पर्यटकीय केन्द्र बनाउन बजेटमा समेट्छौं – पर्यटनमन्त्री आले


तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सोको महत्वपुर्ण पाटोका रुपमा विद्युतीय सवारी सधनको ¥याली आयोजना गरिएको छ ।

एक्स्पोस्थल भृकुटीमण्डपबाट सुरु भएको ¥याली नेपालको पहिलो तथा एशियाको दोस्रो जलविद्युत आयोजना फर्पिङ जलविद्युत आयोजनाबाट भृकुटीमण्डप आएर समापन भएको थियो । विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारलाई दवाब दिने उद्धेश्यले आयोजना गरिएको ¥यालीमा उल्लेख्य संख्यामा विद्युतीय सवारी साधनको उपस्थिती थियो ।

फर्पिङ जलविद्युत आयोजनामा ¥यालीका सहभागीलाई स्वागत गर्दै पर्यटनमन्त्री प्रेम आलेले उर्जाको आन्तरिक खपतका विषयमा एक्स्पो आयोजकले देखाएको चासो महत्वपुर्ण भएको बताएका थिए ।

एशियाको दोस्रो जलविद्युत आयोजानास्थल फर्पिङलाई जलविद्युतका क्षेत्रमा अनुसन्धान केन्द्र बनाउन तथा पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्न पहल गर्ने बताउँदै मन्त्री आलेले योजना पेश गर्न स्तन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) लाई आग्रह गरेका थिए ।

मन्त्री आललेले आगामी आर्थिक वर्षको बजेटमा नै सो काम समेट्नका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने भन्दै योजना र बिस्तृत प्रस्ताव पेश गर्न आग्रह गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।