अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्यो

0
Shares

यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले चैत्र २० गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा १५ प्रतिशतसम्म भाडा बढाएको हो ।

विभागले चैत्र १७ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमती समेतको आधारमा यहि चैत्र २० गते देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो।

साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता एवं निर्देशक लोकनाथ भुसालका अनुसार यात्रुवहाक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १३ प्रतिशत तथा तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधानमा १५ प्रतिशतले भाडा बढेको छ ।

भाडा सूची

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।