पर्यटन क्षेत्र पुनः चलायमान हुँदै, हिमाल आरोहण अनुमति लिनेको संख्या बढ्यो

0
Shares


कोरानाका कारण विगत दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको छ । पर्यटनहरुको आगमनसँगै हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या पनि बढ्न थालेपछि पर्यटन क्षेत्र चलायमान हुँदै गरेको अनुमान गर्न सकिन्छ ।

पर्यटन विभागका अनुसार पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिनेहरु बढ्न थालेका छन् । अहिले अर्थात अप्रिल ४ सम्ममा हिमाल आरोहणका लागि ४१ वटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार सोमबारसम्म ४१ समूहका ३ सय ४२ जनाले आरोहीले आरोहणको अनुमति लिएका छन । जसमा पुरुष २६१ जना रहेका छन् भने महिला ८१ जना रहेका छन् । जसबाट सरकारले १४ लाख ८६ हजार १०० डलर अर्थात १८ करोड ८७ हजार ६१० रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।

यस अघि अर्थात मार्च ३० सम्ममा १९ समूहका १४२ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका थिए । जसमा पुरुष १०९ जना रहेका थिए भने महिलाहरुको संख्या ३३ थियो । यस्तै सो समय सम्ममा नेपाल सरकारले ४ करोड ५१ लाख ९२ हजार ९० रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो ।

यस बिच अर्थात मार्च ३१ बाट अप्रिल ४ सम्ममा थप २२ समुहका २०० जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । जसमा १५२ जना पुरुष र ४८ जना महिला रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।