जीवन बीमा कम्पनीहरुको औषत लाभांश १५ प्रतिशत

0
Shares

अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लाभांश वितरण गरेका ९ जीवन बीमा कम्पनीहरुको औषत लाभांश १४.८५ प्रतिशत देखिएको छ ।

सूचीकृत १२ मध्ये ९ कम्पनीको लाभांश घोषणाका आधा।मा सो तथ्याङ्क प्राप्त भएको हो । प्रभु लाइफले सो आर्थिक वर्षबाट कुनैपनि लाभांश वितरण नगरी साधारण सभा सम्पन्न गरिसकेकाे छ । अब सानिमा लाइफ र युनियन लाइफको लाभांश घोषणा हुने वा नहुने तय भैसकेको छैन । लाभांश घोषणा गरेका सबै कम्पनीले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । 

आर्थिक वर्ष २०७६।७७ बाट एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २५ प्रतिशत बोनस सहित २७ प्रतिशत लाभांश वितरण गरेको छ । रिलायन्स लाइफले सबैभन्दा कम ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्यो ।

लाइफ इन्स्यारेन्स कर्पोरेसन (एलआईसी)  ले आर्थिक वर्ष २०७६/७७ बाट २१.०५ प्रतिशत, नेशनल लाइफ २० प्रतिशत, प्राइम लाइफ १५.८७ प्रतिशत, नेपाल लाइफ १४.७४ प्रतिशत, सूर्या लाइफ १३.३७ प्रतिशत, ज्योति लाइफ १०.५३ प्रतिशत, गुराँस लाइफ ५.७९ प्रतिशत र रिलायन्स लाइफले सबैभन्दा कम ५.२६ प्रतिशत नगद वितरण गरेको छ ।

Sector-Life Insurance Stock Symbol Bonus Cash Total Bookclose AGM
Asian Life Insurance   ALICL 25.00 2.00 27.00 Magh 12, Wednesday Magh 21, Friday
Life Insurance Corporation Nepal Limited LICN 20.00 1.05 21.05 Magh 24, Monday Falgun 11, Wednesday
National Life Insurance   NLICL 19.00 1.00 20.00 Falgun 22, Sunday Falgun 29, Sunday
Prime Life Insurance Company  PLIC 15.00 0.87 15.87 Mangsir 9, Thusday Mangsir 19, Sunday
Nepal Life Insurance   NLIC 14.00 0.74 14.74 Chaitra 7, Monday Chaitra 21, Monday
Surya Life Insurance Company  SLICL 12.70 0.67 13.37 Poush 9, Friday Poush 19, Monday
Jyoti Life Insurance Company  JLI 10.00 0.53 10.53 Magh 24, Monday Falgun 6, Friday
Gurans Life Insurance Company  GLICL 5.50 0.29 5.79 Kartik 23, Tuesday Mangsir 10, Friday
Reliance Life Insurance  RLI 0.00 5.26 5.26 Mangsir 26, Sunday Poush 11, Sunday
Prabhu Life Insurance Company  PLI 0.00 0.00 0.00 Falgun 23, Monday Chaitra 6, Sunday
Sanima Life Insurance Company  SLI          
Union Life Insurance Company  ULI          

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।