महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउने बजेटः अर्थमन्त्री

0
Shares


अर्थमन्त्री जनार्दन शर्माले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताएका छन ।

बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए।

‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो’ उनले भने, ‘महिलाहरुलाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि ग¥यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हाँसिल हुने मेलै देखेको छु ।’ उनले सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राखे । उनले महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको बताए ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको गुनासो गरिन । उनले प्रत्येक प्रदेशमा प्रसुती अस्पताल, कैलालीको महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामिण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग अलग नीति हुनुपर्नेलगायतका सुझाव दिए ।

छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २ दर्जन महिला नेतृ, अभियान्ता, संचारकर्मी, उद्यमीलगायतको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।