सातामा नेप्से ८० अंकले घटेको बजारमा नेष्डोका लगानीकर्ताले भने कुस्त नाफा कमाए

0
Shares

सेयर बजारका लगानीकर्ताका लागि गत साता सुखद रहेन । गत साता कारोबारमा आएका अधिकांश सुचीकृत कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताको सम्पत्ति पनि घट्न पुगेको हो । यद्यपी नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले भने गत साता कुस्त नाफा कमाएका छन् ।

अधिकांश सूचीकृत कम्पनीका लगानीकर्ताहरुले गुमाएपनि नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले भने ६१.०३ प्रतिशतले नाफा आर्जन गरेका छन् ।

गत साता १०५५.७० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य ६४४.३० रुपैयाँले बढेर १७०० रुपैयाँ पुगेको हो ।

चैत १४ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको सेयरमूल्यमा निरन्तर सकारात्मक सर्किट लाग्दै आइरहेको छ ।

यस्तै जाल्पा लघुवित्तको १९.३५ प्रतिशतले बढेर ४४६.५० रुपैयाँ र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १६.१० प्रतिशतले बढेर १५३२ रुपैयाँ पुगेको छ ।

हिमालयन पावर पार्टनरको ९.२२ प्रतिशत, लक्ष्मी इक्वीटी फण्डको ४.५५, ओरियन्टल होटल ४.१८, सोल्टी होटल ३.२९, एनएमबि ५० को ३.१७, सिटिजन्स बैंक संस्थापक १.९६ र सामुदायिक लघुवित्तको सेयरमूल्य गत साता १.६५ प्रतिशतले उकालो लागेको छ ।

उता गत साता नयाँ सारथी लघुवित्तको सेयरमूल्य सर्वाधिक २१.५९ प्रतिशतले घटेको छ । गत साता १३२० मा कारोबार खुलेको लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २८५ रुपैयाँले घटेर १०३५ रुपैयाँमा झरेको हो । यस्तै समीट लघुवित्तको सेयरमूल्य पनि गत साता ११०७ मा कारोबार खुलेको लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १२७ रुपैयाँले घटेर ९७० रुपैयाँमा झरेको छ । लघुवित्तको सेयरमूल्यमा ११.४७ प्रतिशतको गिरावट आयो ।

यस्तै प्रुडेन्सियल इन्स्योेरेन्स १०.८९, नारायणी डेभलपमेन्ट बैंक १०.८१, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर १०.४१, आईसीएफसी फाइनान्स १०.२०, इमर्जीङ्ग नेपाल ९.२१, सामलिङ्ग पावर ९.१३, अपि पवार ८.७६ र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ८.७६ प्रतिशतले घटेको छ ।

गत साता नेप्से ७९.९५ अंक घटेर २४६४.३५ बिन्दुमा झरेको छ । अघिल्लो साता २५४४.३० बिन्दुमा बन्द भएको नेप्से ३.१४ प्रतिशतले घटेको छ । सातामा पाँचवटै कारोबार दिनमा सेयर कारोबार भउको बजारमा १२५.३९ अंकको उतारचढाव देखा पर्यो । यो सातामा नेप्सेले अधिकतम २५४६.६५ अंकको बिन्दु चुम्दा न्यूनतम २४१७.०८ बिन्दुसम्म झर्न पुग्यो ।

गत साता ९ अर्ब ८३ करोड ४१ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । १ लाख ८६ हजार ३४२ वटा संख्याको कारोबारबाट २ करोड २३ लाख ४९ हजार ५११ रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । यस साता दैनिक औषतमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भयो ।

गत साताको तुलनामा कारोबार रकम २६.७५, सेयर संख्या १४.२४ प्रतिशत, कारोबार संख्या ११.५० र बजार पूँजीकरण ३.१४ प्रतिशतले घटेको छ । बजार घटेसँगै गत साता कुल बजार पूँजीकरण ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो साताको तुलनामा १ खर्ब १३ अर्ब रुपैयाँले घटेको हो ।

गत साता १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक १.९० प्रतिशतले बढेको छ भने निर्जीवन बीमा सर्वाधिक ६.५५ प्रतिशतर फाइनान्स ५.१७ प्रतिशतले घटेको छ । ब्यापार, अन्य, लगानी, जीवन बीमा, लघुवित्तको सूचक ४ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा यो साता नबिल बैंकको सर्वाधिक ३२ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन डिष्टिलरी, सूर्या लाइफ, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफको २० करोड माथि कारोबार भयो । कारोबार कित्ता संख्याका आधारमा निफको सैेधन्दा धेरै कारोबार भउको छ । बैंकको ६ हजार ८०४ वटा संख्यामा यो साता ५ लाख ९५ हजार ९६० कित्ता सेयर खरीद बिक्री भयो ।

गत साता सेयर खरीद गर्ने टप फाइफ ब्रोकर कम्पनीहरुमा भिजन सेक्युरिटिज, नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र आयातारा सेक्युरिटिज समेटिएका छन् । सेयर बिक्री गर्ने टप फाइफ ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आयातारा सेक्युरिटिज, दिशिखार धितोपत्र कारोबार कम्पनी र भिजन सेक्युरिटिज रहेका छन् ।

गत सातामा उच्च सेयर खरीद गर्ने भिजन सेक्युरिटिजले यो साता ५६ करोड ३० लाखको कारोबार गर्दा उच्च बिक्री गरेको नासा सेक्युरिटिज ४७ करोड ९२ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।