चीनमा कोभिड संक्रमण फैलिँदै गएपछि घट्यो विद्युतीय सवारीको उत्पादन

0
Shares

चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि मार्च महिनामा विद्युतीय सवारी साधनहरुको उत्पादनमा कमी आएको छ ।

चीनको साङघाई सहरमा ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सहरमा लकडाउन भएको थियो । उक्त लकडाउनका कारण साङघाइ अवस्थित कार फ्याक्ट्री बन्द हुँदा कारहरुको उत्पादनमा कमी आएको हो ।

कोभिडका कारण अपेक्षा गरे अनुरुपको सङ्ख्यामा कारहरुको उत्पादन गर्न नसकेको चीनका प्यासेन्जर कार एसोसियसनका महासचिव कुइ डोङसुले बताएका छन् ।

कुल कार कम्पनीहरुले उत्पादन गर्ने कारहरुको सङख्यामा गिरावट आएपनि विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भने फेबु्रअरी महिनाको तुलनामा कार उत्पादन १६ प्रतिशतले वृद्धि गरेको छ । फेबु्रअरी महिना आफैँमा छाटो महिना भएको र चिनियाहरुको नयाँ वर्ष पनि यसै महिनामा पर्ने हुँदा कर्मचारी बिदामा बसेका थिए । यसैकारण टेस्लाको फेबु्रअरी महिनाको उत्पादन मार्चको तुलनामा घटेको थियो । यसै क्रममा कम्पनीहरुले ग्राहकहरुलाई अहिले स्टकमा राखेका कारहरु डेलिभर गरिरहेको कुइले बताएका छन् ।

कोभिड संक्रमण रोक्नको लागि चीनले जिलिन र साङ्घाइ सहरमा लकडाउन घोषणा गरेको थियो । यी दुई सहरमा विद्युतीय कार निर्माता कमपनीहरुको फ्याक्ट्री रहेको छ । यस्ले रिटेलमा प्रभाव पारेको र रिटेल सेल्समा पनि प्रभाव पारेको कुइले बताए । उत्पादनमा बाधा आउनुले कारहरुको डेलिभरीमा समस्या आएको कुइले भने ।

मार्च महिनामा समग्र रुपमा चीनमा १ लाख ६१ हजार कारहरुको बिक्रि भएको छ । उत्पादन ठप्प हुँदा चिनियाँ कारनिर्माता कम्पनी नियोको सेयर ९ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।