सिटिजन्स बैंकको लाभांश पारित,राजन सिंह भण्डारी अध्यक्ष चयन

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको असोज १० गते सम्पन्न ते¥ह्रौ वार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै नयाँ संचालक समिति चयन गरेको छ।

बैंकका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा अमृतभोग, कालीकास्थान, डिल्लीबजार साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम एक अर्ब ४५ लाख २७ हजार ७७३ नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख ३१ हजार ९४३ बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

संचालक समिति चयन, राजन सिंह भण्डारी अध्यक्षमा मनोनयन

त्यसै गरी सोही साधरणसभाले संस्थापक समूह अन्र्तगत राजन सिंह भण्डारी, प्रवल जंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तपÞर्m भएको निर्वाचनबाट सीता कार्की ( के.सि.)लाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि आजै बसेको संचालक समितिको ३१४ औं बैठकले श्री राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेर ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।