अर्थतन्त्र बारे अफबाह फैलाएर श्रीलंका भयो भन्नु राष्ट्रघात हो: अर्थमन्त्री

0
Shares


अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र बारे अफबाह फैलाएर श्रीलंका जस्तो भयो भन्नु राष्ट्रघाती कदम रहेको बताएका छन् । अर्थतन्त्रमा ठुलो संकटमा छ भन्ने प्रचार गरेर उद्योगी तथा सर्वसाधारणमा त्रास फैलाउने काम गरेको उनले बताएका हुन् ।

नेकपा एमालेका पुर्व अर्थमन्त्रीहरुलाई संकेत गर्दै मन्त्री शर्माले भने,“अर्थतन्त्रलाई श्रीलंका बनाउन उहाँहरुको चासो किन यती धेरै छ ? देशालाई श्रलिंका बन्छ–बन्छ भन्ने तर्क गर्नु राष्ट्र घात हो ।” देशको अर्थतन्त्र संकटमा गयो भनेर गरिएको गलत प्रचार गरिएको समेत मन्त्री शर्माले बताए । अर्थतन्त्रमा संकट आएको नभई होसीयार हुनु पर्ने अवस्था मात्र रहेको उनको भनाई छ ।

मन्त्री शर्माले सोमबार पत्रकार सम्मलेन गर्दै पछिल्लो समयमा विदेशी विनिमय सञ्चितिमा आएको गिरावाटलाई लिएर अर्थतन्त्रमा संकट आयो भनेर प्रचार गरिएको गलत रहेको बताउँदै मन्त्री शर्माले भने,“चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्ब रहेको छ । यो भनेको चालु आवको सोही अवधिको आयातलाई आधार मान्दा ६.७ महिनाको बस्तु तथा सेवा आयात गर्न सकिन्छ ।” यो सञ्चिति माघ महिनाको तुलना २ अर्ब रुपैयाँले मात्र थोरै हो । चालु आर्थिक वर्षको माघ महिनामा विदेशी सञ्चिति ११ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो ।

त्यसैगरी रेमिट्यान्स आप्रबाहमा पनि सुधार आउन थालेको मन्त्री शर्माले बताए । चालु आर्थिक वर्षको फागुन महिनामा मात्र ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बताउदै उनले भने,“नेपाल भित्रिने पर्यटको संख्यामा सुधार आउन थालेको छ ।” त्यसका साथै वैदेशकि रोजगारीमा जानेको संख्या पनि उल्लेख्य बढेको छ भने पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति ३६३ प्रतिशतले बढेको मन्त्री शर्माले जानकारी दिए । मन्त्री शर्माले पुन श्रप स्वीकृती लिनेको संख्यामा पनि १९२ प्रतिशतले वृद्धि भएको बताए ।

उच्च आयातका कारण आएको समस्याको समाधानका लागि उपयुक्त कदमहरु चाल्ने तयारीमा सरकार रहेको मन्त्री शर्माले बताए । अतिआवश्यक भन्दा बाहेकका बस्तुहरुको प्रतिपत्र खोल्नमा कडाइ गरिनुका साथै पेट्रोलियम पदार्थको खपत कमगर्ने नीति अबलम्बन गर्न लागिएको मन्त्री शर्माको भनाई छ । त्यससंगै बैदेशिक रोजगारमा जाने नेपालीको पासपोर्ट तथा भिजा लागतमा पनि सहुलियत दिने काम अघि बढाउने तयारीमा सरकार रहेको उनले जानकारी दिए ।

हाल देशको सार्वैजानिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । यो कुल ग्राहस्थ उत्पादनको तुलनामा ४३ प्रतिशत हो । हुण्डी तथा क्रिप्टोको कारोबार सम्बन्धी ५ महिना पहिला मिटिङ गरेर निर्देशन दिएको बताउँदै उनले भने,“ त्यो कुरा ग्रामीण क्षेत्रमा पुगिसकेपछि मात्र झस्केको जस्तो गरियो ।” अहिलेको उच्च आयात घटाई कृषि जन्य उतपादनमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रको रुपान्तरण र अर्थतन्त्रसंग जोडिएका संरचनाहरुको रुपान्तरण गर्न जरुरी रहेको उनको भनाई छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।