नयाँ वर्षमा दुई पांग्रे सवारी साधन किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर

0
Shares

नयाँ वर्षको आगमन संगै विभिन्न दुई पांग्रे सवारीका विक्रेता कम्पनीहरुले अफरहरु सार्वजनिक गरेका छन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि विभिन्न कम्पनीका आधीकारीक बिक्रेताहरुले नयाँ नयाँ अफरहरु सार्वजनिक गरेका हुन् ।

यहि अफरहरुका आधारमा ग्राहाकले आफुलाई मन पर्ने ब्रान्डको बाइक तथा स्कुटर छनोट गरेर किन्न सक्नेछन् । नयाँ वर्ष तथा नेपालीहरुले मनाउने ठुला चाडबाडका समयमा यस्ता कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने गरेका हुन्छन् । जसले गर्दा यिनै सिजनमा विशेष बाइक तथा सकुटरको बढी मात्रमा बिक्री हुने गर्दछ ।

सुजुकी

सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा बाइक तथा स्कूटरको खरिदमा गेट लक्की विथ सुजुकी योजना ल्याएको छ ।

यो योजना आगामी बैशाख ३० सम्म लागू हुनेछ । यस अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ स्योरसट पाउनुका साथै एउटा स्क्र्याच कुपन पाउन सकिने छ ।

यसबाट ग्राहकले १ लाखसम्म क्यासब्याक पाउनुका साथ साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पनि रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्नेछन ।

यो योजना नव वर्ष २०७९ को मध्यनजर गरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

बजाज

बजाज कम्पनीले पनि नयाँ वर्षका लागि आफ्नो योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षका लागि पंच अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकले एउटा मात्र नभई बिभिन्न ५ चरणमा उपहार पाउने छन् ।

यस अफर अन्र्तगत ग्राहकले यो अफरको बिज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गरे मात्र पनि १ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै दोस्रो चरणमा शोरुममा बजाज बाइक हेरेर एसएमएस मार्फत नगद ५० हजार रुपैयाँसम्म जित्न सकिनेछ ।

त्यसैगरी मोटरसाइकल खरिद गर्दा प्राप्त हुने युनिक कोडमार्फत १ लाख रुपैयाँसम्म पाउन सकिने कम्पनीले बताएको छ । भने किनेपछि अरुलाई रेफर गरेबापत ३ वटा निशुल्क सर्भिसिङ र अन्तिम चरणमा बम्परमा १० ला रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

होन्डा

होन्डा कम्पनीले पनि नयाँ वर्षका लागि आफ्ना योजनाहरु सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षको अवसरमा बाइक तथा स्कुटर खरिद गर्ने खरिदकर्ताका लागि विशेष अफर ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा बाइक तथा स्कुटरको खरिद गर्दा ५ हजार सम्मको क्यासब्याक पाइन्छ ।

यस्तै न्यूनतम ४० देखि ६० प्रतिशत सम्म डाउनपेमेन्टको व्यवस्था रहेको छ । क्रेताले दुई वर्षका लागि ४० प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कुटर किन्दा १०.५ प्रतिशत व्याजदर लाग्ने छ । यस्तै १ वर्षका लागि ६.५ प्रतिशत व्याजदरमा बाइक तथा स्कुटर खरिद गर्न सकिन्छ ।

यस्तै ५० प्रतिशत डाउनपेमेन्टमा दुई वर्षका लागि ९ प्रतिशत र एक वर्षका लागि ४.५ प्रतिशत व्याजदरम बाइक तथा स्कुटर खरिद गर्न सकिन्छ । त्यसैगरी ६० प्रतिशत डाउनपेमेन्टमा दुइृ वर्षका लागि ७.५ प्रतिशत र एक वर्षका लागि एक प्रतिश व्याजदरमा बाइक तथा स्कुटर खरिद गर्न सकिन्छ ।

अप्रिला

नयाँ वर्षका लागि अप्रिलाले पनि बाइक तथा स्कुटर किन्न चाहाने ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । जसमा तँपाइले हरेक भेस्पा र अप्रिलाको हरेक खरिदमा ग्राहकले विभिन्न अफरहरु प्राप्त गर्न सक्नेछन् ।

नयाँ वर्ष तथा भेस्पाको ७५ औँ वार्षिकोत्सवका अवसरममा स्क्राज कार्डबाट ७ हजार ५०० देखि ७५ हजार सम्मको नगद डिस्काउन्ट, लक्की ड्र मार्फत हरेक हप्ता सामसुङ एफाइभ२ जित्ने मौका, गोसाइकुन्ड हेली टुर, बम्पर उपहार अन्तर्गत एक जोडीलाई बालि टुर, निशुल्क हेल्मेट तथा किरिङ र सहज एक्सचेन्ज तथा फाइनान्सको सुविधा दिएको छ ।

यो अफर आगामी बैशाख ३१ गतेसम्मका लागि लागु हुनेछ ।

टिभिएस

आउँदै गरेको नयाँ वर्षका लागि टिभिएस मोटर कम्पनीको आधिकारीक बिक्रेता जगदम्मा मोटर कम्पनीले आफ्नो योजना तथा अफर सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ वर्षका लागि आयो पायो र पर्यो सोर्यो अफर सार्वजनिक गरेको हो । जस अफर अन्र्तगत किनेपनि नकिने पनि टिभिएसको सोसल मिडियामा पार्टिसिपेट गर्दा ५० हजार सम्म, नकिन्दै ५० हजार सम्म, किन्दा १ लाख सम्म जित्न सकिन्छ।

यस्तै किनेपनि नकिने पनि टिभिएसको सोसल मिडियामा पार्टिसिपेट गरेर बम्परमा ३ जनाले अपाच्चे आर आर ३१० पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।