नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने एडिबिको प्रक्षेपण,महङ्गी पनि बढ्ने

0
Shares

एशियाली विकास बैंकले सन २०२० मा नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।

बैंकले आज सार्वजनिक गरेको नेपाल इकनोमिक अपडेटमा तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीको विस्तार तथा सार्वजनिक खर्चको सहि परिचालनले नेपालको अर्थतन्त्र अझै विस्तार हुने आँकलन गरेको हो । 

नेपाल सरकारले भने चालु आर्थिक वर्ष ८.५ प्रतिशतको बृद्धिदर हुने लक्ष्य राखेको छ । गत वर्ष ७.१ प्रतिशत आर्थिक विस्तार भएको अनुमान गरिएको छ ।

सार्वजनिक खर्चमा वृद्धि, अनुकुल मौसम, ठुला परियोजनामा लगानी र पर्यटक आगमनमा वृद्धि भएमा नेपालको अर्थतन्त्र सोचे भन्दा बढीले विस्तार हुने एडीबीको प्रक्षेपण छ ।

बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको बृद्धिदर सुस्त भएपनि उद्योग क्षेत्रमा बिजुली आपूर्तिमा हुने सुधारले पूर्वाधारमा फड्को मार्ने बैंकको विश्वास छ।

एडिबिले यो वर्ष नोपलको औद्योगिक विस्तार ७.९ प्रतिशत तथा सेवा क्षेत्र ६.९ प्रतिशत विस्तार हुने अनुमान गरेको छ । बैंकले मूल्य बृद्धि भने गत वर्षको ४.६ प्रतिशतको तुलनामा बढेर ५.५ प्रतिशत पुग्ने बताएको छ । भारतमा पनि भाउ बढेकाले नेपालमा यसको असर पर्ने एडिबिको विश्लेषण छ ।