उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) माप्रतिसय १ जनाले मात्र सेयर पाउने तथ्याङ्क देखिएकाे छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएकाे अन्तिम तथ्याङ्कका आधारमाउपलब्ध सेयर संख्या र आवेदक हेर्दा एक सय जना लगानीकर्ताहरु मध्ये १ जनाले मात्र आईपीओ पाउने प्रारम्भिक तथ्याङ्क देखिएको हाे ।
लघुवित्तको आईपीओमा देखिएको उच्च आकर्षणका कारण अन्तिम दिन बुधबारसम्ममा २४ लाख ३१ हजार १७० वटा आवेदन परेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ २२ हजार ११५ जनाले मात्रै पाउनेछन् । यो व्यवस्थाबाट २२ हजार ११५ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा २ लाख २१ हजार १५० कित्ता सेयर सकिनेछ । सर्वसाधारणमा बाँकी रहेको ६ कित्ता सेयर भाग्यशाली ६ जना आवेदकलाई थप १।१ कित्ताका दरले पाउनेछन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म लघुवित्तको सेयर खरीदका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको माग भएको छ । जुन लघुवित्तले सर्वासाधारणबाट माग गरेको २ लाख २१ हजार १५६ कित्ताको १२४.५४ गुणा बढी हो ।
उपकार लघुवित्त कम्पनीले जारी पूँजीको ३६ प्रतिशत बराबरको २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबारको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तले चैत २५ देखि ३० गतेसम्म आईपीओ बिक्री खुला गरेकाे थियाे ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडले रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया