
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा शुक्रबार बिहान ८ बजे सेयर बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट भाग्यमानी २२ हजार ११५ जनाले सेयर प्राप्त गरेका छन् । जसअनुसार २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ता सेयर हात पारेका छन् ।
उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३ लाख २६ हजारले सेयर पाएनन्
आईपीओमा आवेदन दिएका मध्ये २३ लाख २६ हजार ९४१ योग्य आवेदक तथा २ हजार ४०६ वटा गरी कुल २३ लाख २९ हजार ३४७ जना आवेदक हातखाली भएको हो । आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ वटा आवेदन परेको थियो ।
कम्पनीले निष्काशन गरेको साधारण सेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।
प्रकाशन भएपछि निम्न माध्यमबाट आईपीओ नतिजा हेर्न सकिन्छः
१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) ले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट
२. बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेबसाइट
३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको वेबसाइट आईपीओ एप्लिकेसन रिपोर्टमा
४. धितोपत्र निष्काशक कम्पनी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया