सेञ्चुरी बैंकद्धारा बिहीबारदेखि थप ३ नयाँ शाखाबाट सेवा प्रारम्भ

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले एकेदिन थप तीन शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगरमा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । थप तीन शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख सञ्चालन अधिकृत अनिल रेग्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

विसं २०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन तथा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा कर्जा परिचालन गरी १ अर्ब १ करोड ५६ लाख खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा १ अर्ब कटाउन सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।