
नेपाल चेम्वर अफ कमर्स तथा आइएमएफका प्रतिनिधि वीचको चेम्वर कार्यालयमा भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा बढदै गइ रहेको व्यापार घाटालाइ न्युन गर्न बिकाश साझेदार संस्थाहरुले उर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताए।
आइएमएफका एशिया प्यासिफिक बिभागका प्रमूख रवर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्वर अफ कमर्सका पदाधिकारीहरु वीच आज भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले कोभिड-१९को प्रकोपको सन्दर्भमा आइएमएफले प्रदान गरेको सहयोगको लागि धन्यबाद ज्ञापन गर्दै कृषिलाइ प्राथिमिकता दिन फूड वैंकको व्यवस्था हुनु पर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको व्याज दर हुनुपर्नेमा जोड दिए। साथसाथै साना तथा मझौला उद्यमहरुलाइ आइएमएफ जस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनु पर्ने बताए।
आइएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि बिदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताउँदै कोभिड नियन्त्रणको लागि गरिएको प्रयाशको प्रशंसा गरे । उनले कोभीड प्रकोप पश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको बिद्यमान परिस्थितिले व्यावसायीक क्षेत्रमा सृजना भएका बिबिध चुनौतिहरुवारे जिज्ञासा समेत राखेका थिए।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया