
सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बिहान ९ बजे बाँडफाँड भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा भाग्यमानी ३६ हजार ९४० जनाले १० कित्ताका दरले र ८ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका छन् ।
प्रकाशन भएपछि निम्न माध्यमबाट आईपीओ नतिजा हेर्न सकिन्छः-
१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) ले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट
२. बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट
३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको वेबसाइट आईपीओ एप्लिकेसन रिपोर्टमा
४. धितोपत्र निष्काशक कम्पनी सीवाइसी लघुवित्त वित्तीय संस्थाको वेबसाइट
लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका हुन् । यसरी बाँडफाँड गरेर बाँकी रहेको ८ कित्ता सेयर गोलाप्राथबाट सेयर पाउने ३६ हजार ९४८ जनामध्ये पुनः ८ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणको लागि बाँडफाँड गरेको हो ।
लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख २ हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ ।
सीवाइसी लघुवित्तको आईपीओ बाँडफाँड, ३६ हजार ९४८ ले पाउँदा भाग्यशाली ८ जनाले पाए ११ कित्ता
त्यस अनुसार २२ लाख ५ हजार ६३३ जनाको आवेदनबाट २ अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी हो । रद्द भएको ३ हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।
हाल सीवाईसी लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया