
राजस्व अनुसन्धान विभागले लेकसाइड दुबई बस्ने वर्ष ४५ को भारतिय नागरिक सतिस परषोत्तम सजनानी विरुद्ध काठमाडौं जिल्ला अदालतमा बैशाख १२ गते मुद्दा दायर गरेको छ ।
विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । प्रतिवादी सजनानी उपर नेपाल राष्ट्र बैंकले वरामदित दिनमा तोकेको सटही बिक्रीदर अनुसार नेपाली २२ लाख ८८८ रुपैयाँ बराबरको रकम अवैध प्रमाणित हुुन आएकाले सोही रकम बराबरको बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१) अनुसार जरिवाना हुन तथा सोही ऐनको दफा १७ (१) बमोजिम बरामद प्रतिबन्धित विदेशी मुद्रा जफत हुन समेतको माग दाबी लिइएको छ ।
उनको साथबाट अमेरिकी डलर १०० दरको २०१ थान र ५० दरको थान १ गरी जम्मा अमेरिकी डलर २० हजार १५० डलर साथै इङ्ल्याण्ड पाउण्ड, जर्जिया लारी, भारतीय रुपैयाँ, युएई दिराम र नेपाली रुपैयाँ समेत फेला परेको थियो । प्रतिवादीले अवैध विदेशी मुद्दा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ (१), ४ (१), ५ तथा सोही ऐनको दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकले जारी गरेको माथि उल्लेखित सूचना समेतको विपरितको कसुर अपराध गरेको जनाइएको छ ।
सुराकीले दिएको विशेष सूचनाको आधारमा २०७८ फागुन १० गते अन्दाजी १४ः३५ बजे फ्लाई दुवाईको उडान नं द्वारा काठमाडौंबाट दुवाई जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन एरियामा चेकजाँच गर्ने क्रमममा उनले बोकेको ह्याण्ड ब्यागभित्र साउदी जर्मन हेल्थ लेखिएको सेतो प्लाष्टिक भित्र विभिन्न देशको अवैध मुद्रा फेला परेको थियो ।
उनले लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर काठमाण्डौको बुझाइएको थियो ।
नेपाल राष्ट्र बैंकको मिति २०७५ चैत २६ गते जारी सूचनाको दफा ४ बमोजिम कुनै विदेशी नागरिकले नेपालवाट बाहिरिँदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार बराबरको बिदेशी मुद्रासम्म साथमा लैजान पाउने व्यवस्था छ ।
प्रतिवादी भारतीय नागरिक सतिस परषोत्तम सजनानीले अनुसन्धान अधिकारी समक्षको वयानमा बरामदित मध्ये २ हजार डलर र अन्य मुद्रा मात्र आफ्नो हो भनी बयान गरेको देखिँदा निज प्रतिवादीसंग बरामदी विदेशी मुद्रा मध्ये २ हजार डलर र अन्य मुद्रामात्र नेपाल राष्ट्र बैँकले तोकेको सूचना को दफा २ र दफा ४ बमोजिम छुट पाउने देखियो बाँकी रहेको निजसंग बरामदी अन्य मुद्रा अवैध रुपमा विदेश लैजाने लागेको पुष्टि हुन आएको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया