नेपाल एसबिआई बैंकले घोषणा गर्यो १६.८४ प्रतिशत लाभांश

0
Shares

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकले कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार ५२३ रुपैयाँ छ । जस अनुसार बैंकले ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँको बोनस र ९१ करोड ५८ लाख ९८ हजार ७५७ रुपैयाँ नगद लाभांश गरि कूल एक अर्ब ४२ करोड २८ लाख ५३ हजार ७८८ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

गत आर्थिक बर्ष बैंकले २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २६ पैसा तथा प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ८९ पैसा छ ।

अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।