
नेपाल उद्योग वाणिज्य महासंघले प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्धारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा आगामी बजेट मार्फत यस प्रकारको व्यवस्था गर्न माग गरिएको हो ।
त्यस्तै महासंघले विदेशी नागरिकले पनि नेपाल धितोपत्र बिनिमय बजारमा शेयर खरिद बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने, कमोडिटी बजारको थप विकास गर्नुपर्ने लगायतका सुझाब दिएको छ ।
यसैगरी महासंघले विदेशी मुद्राको कारोबार खुल्ला गर्नुपर्ने, कम्तिमा नेपाली रुपैयाँ र अमेरिकन डलरको कारोबार गर्ने व्यवस्था मिलाएको खण्डमा हेजिङ्गको समस्यालाई टेवा पुग्ने बताएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया