नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पर्यटन पूर्वाधार विकासको लागि ५० करोड भन्दा धेरै लगानी गर्नुपर्ने परियोजनामा विशेष प्याकेज उपलब्ध गराउनु पर्ने सुझाव सरकारलाई दिएको छ ।
.jpg)
नेपाल पर्यटकीय पर्यावरणमा धनी देश भएको र यसैकारण पर्यटन उद्योगलाई थप परिष्कृत ढङ्गबाट अघि बढाउन आवश्यक पूर्वाधारको विकास गर्नको लागि महासंघले उक्त सुझाव दिएको हो ।
नेपाल विभिन्न देशका पर्यटकहरुको पहिलो रोजाइमा रहेको गन्तव्यस्थल बनेको छ। पर्यटकहरुको संख्या वृद्धि गर्नको लागि नेपाल सुरक्षित स्थल रहेको सन्देश प्रभावकारी रुपमा पर्वाह गर्नुपर्ने छ । यसका साथै पर्यटन संग सम्बन्धित पूर्वाधारहरु जस्तै एरपोर्टको स्तर, सार्वजनिक सवारी, बसपार्क, चार्जिङ स्टेशन र पर्यटक सूचना केन्द्रको राम्रो विकास गर्नुपर्ने महासंघले सुझाएको छ ।
नेपालमा मुख्यतयाः भारतीय पर्यटकहरु उच्च मात्रामा आउने गरेका छन् । त्यसैले भारत लक्षित उच्च मुल्य अभिवृद्धि हुनसक्ने योजना ल्याउन निजी सार्वजनिक साझेदारी हुनुपर्ने महासंघले बताएको छ । यसैगरी भारतीय पर्यटकहरुको लागि नगद रकम बोक्न सक्ने सीमा वृद्धि गरी भा.रु २ लाख पु¥याउनु पर्ने र भा.रु. २००, ५०० र २,००० का नोट नेपालमा चल्ने व्यवस्था गर्नुपर्नेमा पनि महासंघले प्रकाश पारेको छ ।
नेपालको पहाडी भूभाग ६८ प्रतिशत रहेको छ । सो क्षेत्रमा केवलकार लगायतका साहसीक परियोजनाहरु अघि बढाउनु पर्नेछ । यसका साथै पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्युनतम भाडा लिई उपयोग गर्न दिनुपर्ने र सो जग्गाको समयावधि न्युनतम ५० वर्ष गराउने र त्यसपछि स्वतः नवीकरण हुनेगरी ग्राह्रयता दिनुपर्ने महासंघले जनाएको छ ।
धार्मिक पर्यटन, विवाह समारोह, सभा सम्मेलन, खेलकुद, स्वास्थ्यउपचार, स्पा, योग ध्यान, सहासिक पर्यटन आदिको प्रवद्र्धनको लागि एकद्धार सेवा प्रदान गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
यसैगरी नेपाल प्राकृतिक सम्पदा तथा जडीबुटीमा सम्पन्न राष्ट्र भएकाले निजी क्षेत्रको संलग्नतामा आर्युवेदिक ग्राम, प्राकृतिक उपचार केन्द्र परियोजनाहरुको विकासको लागि नीति, नियम निर्माण गर्नुपर्ने लगायतका सुझाव महासंघले दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया