महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरण


महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।

मंगलबार एक कार्यक्रमका बिच उक्त शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकोटी संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुका सम्बन्धमा जानकारी दिएका थिए । आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता पनि देवकोटाले व्यक्त गरेका थिए ।

शाखाबाट रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य लिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक भरत प्रसाद खतिवडाले जनाएका छन् ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।