जनरल इन्स्योरेन्सको आईपीओ एनआईबिएल एस क्यापिटलले निष्काशन गर्ने

0
Shares

जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणहरुमा शेयर निष्काशन प्रक्रिया सुरु अघि बढाएको छ । कम्पनीले ३० लाख कित्ता शेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

इन्स्योरेन्सले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ ।

कम्पनीले २०७४ माघ २४ गतेदखि बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो भने २०७४ असार ०६ गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोवारको शुुभारम्भ थियो ।

यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसार, काठमाण्डौंमा रहेको छ ।

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु काठमाण्डौ उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगंज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्रम, फसाििटकर, भुमहीमा काठमाण्डौ उपत्यका भित्र कालिमाटि, महाराजगंज चावहील, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरि जम्मा ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ ।