ओरियन्टल होटलले अघिल्लो बर्षको भन्दा घटाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अघिल्लो वर्ष ११.३२ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कूल २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश वितरण गर्न होटलले कार्तिक ७ गते बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ ।

साधारणसभा प्रयोजनको लागि असोज २८ गतेदेखि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । हाल १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको बोनसपश्चात चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुग्नेछ।