सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो, चाँदी भाउ पनि उकालो लाग्यो

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा आइतबार तोलामा ६०० रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा बिहीबार सुनको भाउ ६०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ६०० रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँमा पुगेको छ । चाँदीको भाउ भने तोलाको ५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८८४ र चाँदी प्रतिऔंस २२ दशमलव ३६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।