पर्याप्त शेयर भएकाहरुलाई अडलटमा कारोबार नगराउन ब्रोकरलाई नेप्सेको सर्कुलर


पर्याप्त शेयर मौज्दात हुँदा हुँदै अड लटमा शेयर कारोबार गर्ने क्रम बढे पछि नेप्सेले त्यस्तो नगराउन ब्रोकरहरुलाई सचेत गराएको छ ।

पछिल्लो समय आईपिओको शेयर कारोबार सुरु भएपछि कारोबार सहज नबन्दासम्म अड लटमा शेयर कारोबार गर्दै मूल्य बढाउने काम भईरहेका बेला नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको बर्खिलाप हुनेगरी कारोबार नगर्न नगराउन भनेको हो ।

विनियमावलीमा भएको व्यवस्था अनुसार न्यनुतम कारोबार इकाई वा सोभन्दा बढी शेयर धारण गरेका धितोपत्रधनीले अडलटमा कारोबार नगर्ने व्यवस्था गर्न नेप्सेले धितोपत्र दलाल व्यवसायीहरुलाई सचेत गराएको हो ।

ब्रोकरले लगानीकर्तालाई उपलब्ध गराउने अनलाइन कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) तथा अफलाइन कारोबारमा अडलटमा कारोबार नगराउन नेप्सेले ब्रोकरहरुलाई सचेत गराएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।