नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण


नबिल बैंकका पूर्व अध्यक्ष स्वर्गीय शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । स्वर्गीय पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै भएका थिए । स्व. पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित यो कार्यक्रम ल्याएको बैंकले जनाएको छ ।

मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम ५० हजार रुपैंया प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी), दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरँ), मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरँ) लाई छात्रवृत्ति प्रदान गरेको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले स्व.शम्भु प्रसाद पौड्यालले बैंकलाई प¥याएको योगदानको उच्च प्रश्ँंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको बताएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।